♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Wednesday, January 20, 2016

मुक्तक


विश्वासमा बादल लाग्नु, तिम्रो एक शब्द।
परायामा माया साट्नु, तिम्रो  एक शब्द।

चुँडियो त्यो चोखो माया, आज देखि सानु,
उनको साथ दिल माग्नु, तिम्रो एक शब्द।

Monday, September 21, 2015

नेपालको संविधान २०७२ पि.ड़ि.एफ़. फायलमा...


नेपालको संविधान २०७२ पि. डी. एफ. फायल यहाँ बाट पढ्नुहोस।
यदि यहाँ पढ्न नमिलेको खण्डमा ♥♥यहाँ♥♥ बाट डाउनलोड गरेर पढ्न सक्नु हुनेछ।

Sunday, July 26, 2015

कविता - गोर्खाली आवाज


हामी बिर गोर्खाली देशमा छौं,
बिदेशमा छौं,
खाडीमा छौं,
ताडिमा छौं,
लिपुलेक भारतले लग्यो भनेर नेपाल बन्द गर्छौं,
त कहिले गाडीले बाख्रो मार्यो भनेर बाटो बन्द गर्छौं,
गर्छौं;
हामी हड्ताल गर्छौं,
देशका लागी  मर्छौं,
एउटाले बन्दुक बोकाऊँछ बोक्छौं,
 को गलत को जायज,
ठोक आदेश मात्र आउनु पर्छ, ठोक्छौँ,
किनकी;
हामी बिर गोर्खाली हौं।
बिर नेपाली,  हिजो जनयुद्द लड्यौ,
भोलि धनयुद्द लड्छौं,
आज धर्मयुद्द लड्दै छौं,

Thursday, February 12, 2015

दुई मुक्तक



१. तिम्रो आत्मामा,  पस्न सकिन।
दिलमा माया बनि, बस्न सकिन।

कठोर  बनें,  पत्थर  मन  झैं,
प्यारी भनि अंगालोमा, कस्न सकिन।

२. मै मरेको सपना, देखेछु आज मैले।
माथि बाट आफैंले, हेरेछु आज मैले।

,कोहि  रुँदै - हाँस्दै ,  उठाउँदै  लास  मेरो
आफु आफै जल्न कफन, फेरेछु आज मैले।

Monday, January 5, 2015

एउटा मिठो गीत...

♫♫♫

Tuesday, December 16, 2014

Gmail बाट ब्लगमा पोस्ट...

एउटा अर्को जानकारी ब्लगले बनाई दिएको सजिलो Blog Posting को बारेमा यहाँ बिस्तृत गर्दैछु। अनौठो मान्नु पर्दैन। ब्लगरको Setting >> Mobile and Email >> Posting Using Email मा जानुहोस्, अनी त्यहाँ तपाईंको लागि ब्लग-ईमेल बनाउन भन्छ बनाउनुस् अनी निम्न कुराहरु पछ्याउनुहोस्।
 (सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )